हामी कस्तो नागरिक हुनुपर्छ ?

Logo
संजय कुमार राजवंशी / विराटनगर प्रकाशित शुक्रबार, आश्विन १८, २०८१

छोडदिउँ कति भ्रष्टचार गर्छन् हेरउँ, ८४ को निर्वाचमा देखाउछौँ, भ्रष्टचार गर्न देन कतिसम्म गर्छन्, समय आउदैछ देखाइदिउँला, अहिले उस्को राज छ के गर्ने, आफन्तलाई जागिर दियो, मेरो र तेरो पार्टिले देश बनाउछ, यी र यस्तै विषय वस्तुहरु गाउँ, सहर र विराटनगर जस्तो कोशी प्रदेशको राजधानी बजारमा सुन र हेर्न पाइन्छन् । सायद यसो भनिरहदा विराटनगर बजारमा मात्रै होइन होला विराटनगर लगायत अन्य सहरमा पनि यस्तै बोलिरहेको होला सायद । तर यसो भन्नु कहिँकतै वाट सहि भन्न सकिन्नँ होला ।

गाउँमा बस्ने दैनिकी रोजीरोटी गर्ने व्यत्ति खासै यो देश विगार्नमा हाथ नहोला जति पढेलेखेकाले गर्छन् होला । केहि बैंकरर्स, केहि शिक्षक, केहि राम्रै व्यवसाय गर्ने व्यत्तिहरुनै यस्तै बोलिरहेको कोशी प्रदेशको राजधानी विराटनगरको अनौपचारिक कार्यक्रम तथा चिया गफमा भइरहेको तपाईँ र हामीले पकै सुन र हेर्न पाएको हुनुपर्छ ।

तर पाँच वर्षमा कति भ्रष्टाचार गर्छन्, देशको कतिसम्म दोहन गर्छन् भने कुरा थाहै नभएको त होईन होला नी तर यसरि भन्ने गरेको बजारको गलि—गलिमा सुने गरेको देखिन्छन् ।

सायद निर्वाचन भनेको नै यहि हो कि पाँच वर्षपछि फेरि निर्वाचन हुन्छन् भने कुरा सायद जनता जानीजानी नबुझन चाहेको अथवा नसकेको होकी जस्तोपनि लाग्छ कहिलेकाहिँ । नेपालको संविधान २०७२ ले स्थनी तह, प्रदेश सरकार र संघिय सरकार को कार्यअवधिनै पाँच वर्षको हुन्छन् भनी यत्रो देशको खर्च, विर सहिदको बलिदानी गरि पूर्व राष्ट्रियपत्ति डा. रामवरण यादवले हस्ताक्षर गरि ल्याइएको संविधानमा उल्लेख छन् ।

अहिलेको तत्कालिन अवस्था ।
देशको हरेक क्षेत्रवाट आर्थिक विषय वस्त्ुमा आवाज उठिरहेको छ । अभियान्ताहरु देशको माया र स्वाधिनता माथि खेलवाड भइरहेको छ भनी धेरै अभियान्ताहरु लागि परेका छन् । त्यस मध्यबाट दुर्गा प्रसाईँको नागरिक वचाउँ अभियान, हेमराज थापाको भ्रष्टाचारको अभियान, मणिराम ज्ञवाली ज्ञवालिको लघुवित्तिय अभियान, आशिका तामाङको पार्किङको विषय वस्तुको अभियान लगायत देशभर आर्थिक विषय वस्तुमा आवाज उठाइरहनुभएको छ । देशनै ढुबन लागियो, देशको अर्थतन्त्रमा खतरा देखियो, आर्थिक संकट आइलागियो भने यी विषय वस्तुमा छलफल र वहस चरम अवस्थामा हुन थालेको छ । २० लाखको गरिबको ऋण मिनाहा, भ्रष्टचारिलाई देश निकाला, गरिबलाई बाँचन देउ, जनतालाई सास्ती देउ भने जस्ता अभियान लिएर करिब दुई वर्ष देखि आन्दोलन गरिरहेका मेडिकल व्यवसायी अभियान्ता दुर्गा प्रसाईँ ले गर्दै आएका छन् । लघुवित्तिय संस्थाहरुले गरेको ज्यादति विरुद्घ देशभर लघुवित्तिय संस्थाहरुको सदस्यहरुको २० लाख मुनीको ऋण मिनाहा, न्यून वर्गिय परिवारलाई समय तथा केहि राहत जस्ता अभियानहरु सञ्चालन गर्दै आएका छन् ।

तेस्तै नेपालको वरिष्ट कानुन व्यवसायीक अभियान्ता स्वागत नेपाल यस देशमा भ्रष्चारिलाई कानुन बनाएरनै मृत्य दण्डको पक्ष्यमा वर्षाैँ देखि आफनो तर्फबाट आवाज उठाइरहेका छन् ।

प्रतिपक्ष्य राजनितिक पार्टिको पनि खासै यस विषयमा चासो देखिएन प्रतिपक्ष्य राजनितिक र्पािर्टले भ्रष्टचार, अनियमीतता र समानुपातिक समाजको विकास भए अथवा नभए यस विषयमा खासै चासो र सरोकार नभएको देखिएको अवस्था पनि छन् । नेपालमा सामुदायिक विद्मालय तथा क्यमपसको अवस्था, सरकारी कार्यालयको अवस्था, गाउँ र सहरको वातावरण लगायत सरकारि कार्यालयमा अनाव्शयक कर्मचारी नियूत्ति जस्ता विषय वस्तुमा पनि खासै सरोकार नराखिएको देखिन्छन् । कर्मचारी भएपनि समाचार लेखनको लागि केहि विषय वस्त्ुको तथ्याङ मागन जादा कार्यालयमा उपलब्ध नहुने जस्ता समस्याहरु सरकारी कार्यालयमा देखिन्छन् ।

जनताले बुझनुपर्ने विषय वस्तु ।
तपाईँको मतदानले यस क्षेत्रको विकास कसरी हुन्छन् भनेमात्रै होइन, तपाईँको क्षेत्र लगायत देशमा के परिवर्तन हुन्छ भने हुनुपर्छ । तपाईँलाई मात्रै राम्रो भए तपाईँ राम्रो हुनसक्नु हुन्न किनभने तपाईँको संततिले यहि देशमा जन्म लिएपछि यहि वातावरण र यहि ठाउँमा र यहि परिवेशमा हुर्किन्छन् । र उ कस्तो मान्छे बन्छन् भन्ने विषय वस्तु हो ।

पाँच वर्षपछि निर्वाचन अनिवार्य हुन्छन् तर पाँच वर्षसम्म कसरी जानीजानी भ्रष्टाचार गर्न दिने भन्ने कुरा बुझन जरुरी छन् । हामी र तपाईँ पाँच वर्षपछि भ्रष्टाचार सम्बन्धि आवाज उठायौँ भने पाँच वर्षसम्म केहिपनि नरहन सक्छन् । केहि बाँकी नरहे तपाईँ पाँच वर्षपछि के गर्नसक्नुहुन्छ भन्ने तेतिबेलाको विषय वस्तुले देखाउछन् । अहिले भ्रष्टाचार गर्नदिने र पछि निर्वाचनमा देखाउने यो कुरा कहिँकतै, र कुनै कोण बाट नमिलेको जस्तो सायद लाग्छ होला हामी र तपाईँलाई । अहिले भोग लागेको छ र मा खाना भोलि खान्छु, जस्तो कुरा गर्नु खासै सुहाउछ भन्न सकिदैन सायद ।

नोट ः जस्तो विरुवा रोपछौँ, ऊ उस्तै विरुवा उर्मिन्छन् यो नर्बिसौँ सबैले ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]