महेन्द्र स्कुलको बिधार्थालाई एक लाखको दुर्घटना बिमा

Logo
चन्दन राैनियार / सुनसरी प्रकाशित शुक्रबार, आश्विन १८, २०८१

दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा न.४ मा रहेको महेन्द्र मेमोरियल ऐकडेमी दुहबीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)नामक  बिमा कम्पनी संग साझेदारी गरि स्कुलमे एक कार्यक्रमको आयोजना गरि (सलिको) नाम बिमा कम्पनी इटहरी शाखाको ब्रान्च मेनेजर रमेश बाबू कार्कीले बिधालयका प्रअ निश्चल राज शाक्यलाई हस्तान्तरण तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ । महेन्द्र मेमोरियल ऐकडेमी स्कुलले दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न बिधालयका विधार्थी, शिक्षक र कर्मचारीको लागि १ लाखको दुर्घटना बीमा कार्यक्रम ल्याएको छ।     

विद्यायल क्षेत्रमा र विद्यालय आवतजावतका क्रममा बालबालिका दुर्घटना हुने क्रम बढ्दो छ। विद्यालयमा विधार्थीहरु बस तथा पैदलयात्रा गरी अध्ययन गर्न जानुपर्ने बाध्यताका कारण दुर्घटना बढ्दो क्रममा रहेको हो।     

महेन्द्र स्कुलले दुर्घटना बीमा कार्यक्रम सञ्चालन ल्याएपछि बिधार्थिहरुका लागि ले सहजरूपमा उपचार पाउनका लागि बीमा कार्यक्रम सफल हुने देखिएको छ। बालबालिका दुर्घटना हुँदा अभिभावकमा पैसाका अभावमा ढिलो गरी उपचार गर्नुपर्ने बाध्यता बीमा कार्यक्रमले टार्न सहयोग पुर्‍याएको हो।     

महेन्द्र मेमोरियल ऐकडेमी स्कुलका कक्षा नर्सरी देखि   कक्षा १२ सम्म  अध्ययन गर्ने  बिधार्थि बालबालिका
सम्म साथै स्कुलका शिक्षक देखि कर्मचारीको दुर्घटना बीमा सञ्चालनमा ल्याएको छ। बालबालिका दुर्घटनापछि उपचारको अभाव हुने जोखिम कम गर्न बीमा कार्यक्रम ल्याएको महेन्द्र मेमोरियल ऐकडेमी स्कुलका संचालक प्रअ निश्चलराज शाक्यले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]