झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा श्रीमतीलाई हत्या गरी श्रीमान फरार

Logo
ग्रामिण पत्रिका / झापा प्रकाशित शनिबार, आषाढ २२, २०८१

झापा / कोशी प्रदेशको झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा श्रीमतीलाई हत्या गरी श्रीमान फरार भएको छ । साँझ अन्दाजी ५.१५ बजे झापा गाउँपालिका वडा नं.३ कामाटोली निवासी अन्दाजी वर्ष ३३–३४ को सतिसकुमार गणेशले आफ्नो श्रीमती अन्दाजी वर्ष २४–२५ की अनिशाकुमारी गणेशलाई हम्मरले हानी हत्या गरेका हुन् ।

घटनापछि सतिसकुमार गणेश हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । श्रीमान र श्रीमतीबीच पहिला पनि झगडा हुने गरेको र आज झगडा हुँदा हम्मरले हानी श्रीमतीको मृत्यु भएपछि श्रीमान फरार रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले शवको मुचुल्का उठाइएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]