भोक्राहा नरसिंहमा बाढी पीडितको प्रदर्शन, झडपमा चार घाईते 

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन २१, २०८१

विराटनगर/सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पीडितहरु प्रदर्शन गरेका छन् । सोमबार राहतको माग गर्दै प्रदर्शनमा उत्रेकाहरुले गाउँपालिका कार्यालयमा तोडफोड गर्न थालेपछि भएको प्रदर्शनकारी र प्रहरी बीचमा झडप भएको छ ।

झडपमा परेर सशस्त्र प्रहरी निरीक्षक जय चौधरी र अर्का एक बरिष्ठ हबल्दार सत्रुधन मण्डल र आन्दोलनमा आएका भोक्राहा नरसिंह ५ की मालोदेवी मण्डल र स्थानीय युवा तजमुल हुसेन सहित चार घाईते भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।घाईते हुनुभएका सशस्त्र प्रहरी निरीक्षक जय चौधरीको गाला र घाटीमा चोड लागेको छ भने अर्का एक बरिष्ठ हबल्दारको खुट्टामा चोट लागेको छ ।त्यसैगरी आन्दोलनमा आएका भोक्राहा नरसिंह ५ की मालोदेवी मण्डलको टाउको फुटेको छ भने स्थानीय युवा तजमुल हुसेनको खुट्टामा सामान्य चोट लगेको पीडितहरुले बताएका छन् ।घाईतेहरुको साप्तकोशी न्युरो अस्पताल भोक्राहा उपचार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले बाढी पीडित भन्दा राजनीतिक प्रतिसोधका कारणले प्रदर्शन,गराइएको र गाउँपालिका कार्यालयमा नियोजित रुपमा तोडफोड गराएको दावी गर्नुभएको छ ।आजादले घटना पछी पत्रकार सम्मेलनको आयोजना गरी बाढी पीडितहरुलाई विना कारण उस्काएको र केही राजनीतिक प्रतिसोधका लागि प्रदर्शन गराइएको र गाउँपालिका कार्यालयमा तोडफोड गराएको दावी गर्नुभएको हो ।

उहाँले तोडफोडबाट गेटमा रहेको गाउँपालिकाको बोर्ड, सुरक्षा गार्ड बस्ने कोठाको झ्याल, गाउँपालिका अध्यक्षको कार्यकक्षको झ्याल, सभा हल र प्रशासन कक्षको झ्याल, प्रमुख प्रशासकिय अधिकृत कक्षको झ्याल सहित १० वटा झ्याल फुटाएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]