रेडियो नेपाल बाट राजवंशी भाषामा समाचार

Logo
ग्रामीण सहकर्मी / कटहरी प्रकाशित मंगलबार, आश्विन २२, २०८१

कटहरी / नेपालको पुर्वी भुभाग झापा, मोरङ र सुनसरी जिल्ला लगायत देशभर राजवंशी जाति समुदायको बसोवास छ । कोशी प्रदेशमा मात्रै करिब २ लाख ३२ हजार हाराहारी राजवंशी जातिको वसोवास छन् । हाराहारी दुई लाख भन्दा बढि जनसंख्या भएको यस कोशी प्रदेशमा पहिलो पटक सरकारको स्वामित्वमा रहेको रेडियो नेपाल र महानगर एफ एम बाट राजवंशी भाषामा समाचार तथा कार्यक्रम सञ्चालन भइरहेको छ ।

चालु आर्थिक वर्ष २०८१ साल आसार महिनाको ३० गतेदेखि औपचारीक कार्यक्रम बाट उदघाटन गरि सुरु भएको राजवंशी भाषाको कार्यक्रम तथा समाचार वाचन आज करिब ३ महिना पुग्न लागेको हो ।

राजवंशी भाषामा रेडियो कार्यक्रम तथा समाचार वाचनमा अनिल राजवंशी र दिपीका राजवंशीले छनौट भएपश्च्यात सञ्चालन गर्दै आएका छन् । प्रत्येक दिन १ बजेर ४५ मिनेटमा सुरु भई पाँच मिनेटसम्म राजवंशी भाषामा समाचार वाचन हुन्छन् भन्ने प्रत्येक मङगलवार ११ बजेर ३० मिनेटमा नायाँ बागान फोनिङ कार्यक्रम १२ बजेसम्म सञ्चालन भइरहेको छ । सम्पर्क नम्बर ०२१४२२९४३ कल गरि आफ्ना कुराहरू राख्न सक्नुहुन्छ । त्यस्तै गरि हामार गाहाना भन्ने नामक अन्र्तवार्ता कार्यक्रम प्रत्येक दिन शुक्रवार १ बजेर पाँच मिनेटमा सुरु भई १ बजेर ३० मिनेट अर्थात २५ मिनेटसम्म कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रम प्रस्तोता अनिल राजवंशीले जानकारि गराएका छन् । हालसम्म राजवंशी जातिका दश जना गाहाना संग अन्र्तवार्ता लिइसकेको राजवंशीले बताए ।

यस रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपाल को मिति २०८१ जेष्ठ २२ गते प्रकाशित सुचना अनुसार समितिको कर्मचारी शर्त नियमावली, २०७७ को नियम ३५ तथा समितिको करार, शिफट वा बुलेटिन बेसिस र सेवा करार वा ज्यालादारी जनशक्ति नियूत्त सेवा शर्त तथा मापदण्ड सम्बन्धि निर्देशिका, २०७८ को दफा ७ उपदफा १ बमोजिम बुलेटिन बेसिसमा काम गर्ने राजवंशी भाषामा समाचार सम्पादन तथा वाचनको लागि दुई जना माग गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]