महेन्द्र स्कुलका बिद्यार्थीले लगाए  टीका-जमरा

Logo
चन्दन राैनियार / सुनसरी प्रकाशित मंगलबार, आश्विन २२, २०८१

दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा न.४स्थित रहेको महेन्द्र मेमोरियल एकडेमी स्कुलका शिशु नर्सरी कक्षा देखि  कक्षा १ सम्मका बिद्यार्थीहरुले मङलबार टीका र जमरा ग्रहण गरेका छन। स्कुलको प्राङ्गणमा बिशेष कार्यक्रमको आयोजना गरी स्कुलले टीका जमरा लगाउने कार्यक्रम गरेको हो।स्कुलका  संस्थापक रिना शाक्यलेबिद्यार्थीहरु, शिक्षक शिक्षिका , कर्मचारीलाई टीका र जमरा लगाईन ।

बिद्यार्थीहरुलाई दशैमा टीका-जमरा लगाउनु ,तिहारमा लक्ष्मीमाता पुजा गर्दै भाइटिकामा बहिनीहरुले दाजु भाईलाई टीका लगाउने र छठ पर्वमा  हिन्दु महिलाहरु ब्रर्त  छठ पुजा लागने समाग्रीहरु केके लागछ र यसको  महत्वबारे बुझाई संस्कार, संस्कृतिको संरक्षण गर्न पर्छ भन्ने बारे जानकारी दिन टीका, जमरा लगाउने कार्यक्रम गरिएको सोही अवसरमा शिक्षक/शिक्षिका , कर्मचारी र बिद्यार्थीहरुबीच दशैको शुभकामना आदानप्रदान समेत भएको थियो ।बालबालिकालाई दशैमा कुन देवीदेवताको पुजा गरिन्छ  तिहार ,छठ पर्वको महत्त्वबारे पढाउँदै यो पर्वमा गरिने हरेक क्रियाकलाप बिधार्थी भाईवहिनिहरुले कलाकार जस्तो भुमिका प्रदर्शनि गरेर  रमाइलो गर्ने चलन रहेको महेन्द्र मेमोरियल बोडिङ स्कुलका संचालक प्रिन्सिपल निश्चलराज शाक्यले  बताए। ‘‘पछिल्लो समय हरेक विद्यालयमा कार्यक्रम हुन थालेका छन्, यो समयमा धार्मिकसँगै सांस्कृतिक कार्यक्रम,गर्ने गरिन्छ’’, शाक्य  भन्छन्, ‘‘विद्यालयमा हरेक पर्व मनाउने अभ्यास थालिएको छ । यसले बालबालिकालाई पनि सिकाइ हुन्छ ।आनीबानीमा प्रेरित भएर बालबालिका पनि यसमा रमाउने गरेको पाइन्छ, ‘‘यसले आत्मियता, सामूहिक कार्य गर्ने भावनाको विकास हुन्छ । एकआपसमा सद्भाव बढाउन सघाउँछ ।’’ उनका अनुसार सामान्यतया पर्व आस्था प्रकट गर्न, एक अर्कामा सद्भाव र मायाप्रेम साट्न, संस्कृति जोगाउन गरिन्छन् । ‘‘पर्वमा देखिएका उत्ताउलापन रोक्नुपर्छ । पर्वको स्वरुप विकृत गर्नुहुँदैन’’, उनले भने, ‘‘हरेक पर्व क्षमता हेरे मनाउनुपर्छ ।

पर्वको स्वरुप विकृत भएमा समाज पनि विकृत हुन्छ उनले जोड दिए ।’

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]