पृथ्वी बचाउ अभियान धनपालथान गाउँपालिका

Logo
ग्रामिण पत्रिका / विराटनगर प्रकाशित मंगलबार, आषाढ २५, २०८१

विराटनगर / मोरङको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद योगेन्द्र मण्डल – जोगी ) ले मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ कर्सिया बजारदेखि भारतीय सीमा क्षेत्रसम्म पुग्ने सडकको किनारामा वृक्षारोपण अभियान सुरु गरेका छन् ।

जीवन विकास समाजले एक औपचारिक कार्यक्रम गरी सो अभियानको उद्घाटन गरिएको थियो । धनपालथान गाउँपालिका र मेट लाइफ इन्स्योरेन्सले सहयोग गरेको उत्त अभियान सञ्चालनका लागि थ्री जिरो क्लब र जीवन विकास लघुवित्त वित्तीय संस्थासँग सहकार्य गरिएको छ ।

सांसद मण्डलको योजना अनुसार पहिलो चरणमा कालोपत्रे सडकको दाँया र बाँया बिरुवा रोप्ने र वातावरण स्वच्छ राखन सकने सानो प्रयास रहेको छ । पृथ्वी बचाउने अभियान अन्तरगत कालोपत्रे सडकको किनारमा बिरुवा रोप्ने उनले बताए । कालोपत्रे सडक वातावरणीय हिसाबले हानिकारक रहेको बताउँदै उनले वातावरण संरक्षणका लागि सडक किनारमा वृक्षारोपण गर्न आग्रह आम नागरिकलाई समेत आग्रह गरेका छन् ।

धनपालथान गाउँपालिका अध्यक्ष जिवछ प्रसाद गच्छदारले पृथ्वी बचाउ अभियान अन्तरगत पालिका भित्रका सडकमा रोपिएका बिरुवा संरक्षण गरेर हुर्काउने बताए । सडकमा रोपिएको बिरुवाको संरक्षणका लागि पालिकाले सबैसँग सहकार्य गरेर काम गर्ने जानकारी दिए ।
कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले प्रदेशमा वन विस्तारका लागि मन्त्रालयले काम गरिरहेको बताउदै वृक्षारोपण र वातावरण संरक्षणका लागि मन्त्रालयले निरन्तर सहयोग गरिरहने उनको भनाई छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले लघुवित्तले पनि वातावरण संरक्षणको क्षेत्रमा निरन्तर अभियान सञ्चालन गरिरहेको जानकारी दिए । शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित थ्री जिरो क्लब गठन र सामाजिक कार्यमा युवा परिचालनका लागि काम गरिरहेको बताउँदै उनले रोपिएका विरुवालाई माया गरेर हुर्काउन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]