कार्तिक १ गते लाग्ने फुलवारी मेला २०८१ काे तयारी

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित आइतबार, आश्विन २७, २०८१

बाह्रदशी / झापाको बाह्रदशी गाउँपालिकामा रहेको फुलवारीमा कोजागरत पूर्णिमाको दिन (कार्तिक १ गते) लाग्ने फुलवारी मेला २०८१ को तयारी तीव्र पारिएकाे छ। ५-६ दशकदेखि चल्दै आएको यो पारम्परिक मेला गाउँले परिवेशमा आयोजना हुने भए पनि यसको लोकप्रियता र महत्व पछिल्लाे समय निकै बढेको छ।

करिब १० बिघा क्षेत्रफलमा फैलिने यस मेलामा स्थानीय संस्कृतिक खानपान, लुगाफाटा, परम्परागत प्रर्दशनीहरु र बालबालिकाका लागि विभिन्न मनोरञ्जनका साधनहरू पाइन्छन्। रोटीपिङ, झुलुङ्गा जस्ता खेलहरूले मेलालाई थप आकर्षक बनाउँएकाे हुन्छ । मेलाको मुख्य आकर्षण संथाल नृत्य हो, जसमा नेपालका साथै भारतका विभिन्न राज्यहरूबाट आएका विभिन्न समुदायका मानिसहले सहभागिता जनाउँछन्। उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई नगद पुरस्कारसहित मेला समितिले सम्मान समेत गर्ने गरेकाे छ।

मेला प्रचार प्रसार विभागका संयाेजक खेम पाैडेलका अनुसार यस वर्ष १ लाखभन्दा बढी दर्शकहरूको उपस्थिति हुने अनुमान छ। एक दिने यस मेलामा ३ करोड रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको छ। शुरुमा आदिवासी समुदायले थालनी गरेको यो मेला अहिले विभिन्न जातजाति र धर्मका मानिसहरूको मिलनथलो बनेको छ, जसले नेपालको बहुसांस्कृतिक पहिचानलाई झल्काउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]