कोशी अस्पतालमा निःशुल्क खाना वितरणले एक वर्ष पूरा: समाजसेवीहरूको निरन्तर सहयोग

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, आश्विन २७, २०८१

विराटनगर/विराटनगरको कोशी अस्पतालमा नर सेवा नारायण सेवाले सञ्चालन गरिरहेको निःशुल्क खाना वितरण कार्यक्रमले एक वर्ष पूरा गरेको छ। २०८० साल असोज २८ गते घटस्थापनाको दिनबाट सुरु गरिएको यो कार्यक्रम २०८१ साल असोज २७ गते विजया दशमीको भोलिपल्ट एक वर्ष पूरा भएको हो।

यो कार्यक्रमको शुरुवात विराटनगरका समाजसेवी पृथ्वीकुमार अग्रवाल र देवकिनन्दन अग्रवालसहित १५ जनाको समूहले गरेका थिए। ‘अन्नपूर्णा रसोई’ नामक यो कार्यक्रम अन्तर्गत कोशी अस्पतालमा उपचाररत बिरामी र उनका कुरुवाहरूका लागि प्रत्येक दिन निःशुल्क खाना वितरण गरिन्छ। नर सेवा नारायण सेवाका संस्थापक अध्यक्ष पृथ्वीकुमार अग्रवालको नेतृत्वमा यो सेवा निरन्तर जारी छ।

कार्यक्रमले प्रत्येक दिन करिब २५० देखि २६० जनालाई खाना वितरण गर्दै आएको छ। एक दिनको खाना तयार पार्न करिब ११ हजार रुपैयाँ खर्च हुने गरेको छ, जुन रकम विभिन्न दाताहरूले प्रदान गर्दै आएका छन्। यस वर्षभरिको ३६५ दिनको खाना वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ, जसमा ६२ दिन नर सेवा नारायण सेवाले र ३०३ दिन विभिन्न दाताहरूले सहयोग गरेका थिए।

खाना तयार गर्ने काम पृथ्वीकुमार अग्रवालको तीनटोलीयास्थित घरमा दुई जना कारिगरहरूले गर्छन्। तयार भएको खाना प्याक गरेर कोशी अस्पतालको खाना वितरण स्टलबाट बिरामी र कुरुवाहरूमाझ वितरण गरिन्छ। यस कार्यमा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले आर्थिक सहयोग गर्दै आएका छन्।

यस किसिमको सेवा समाजमा सकारात्मक प्रभाव पारेको र यो कार्यक्रम निरन्तर चलिरहने बताइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]