धारिलो कैँची हतियार प्रहार गर्दा एक जनाको मृत्यु

Logo
ग्रामिण पत्रिका / विराटनगर प्रकाशित बिहिबार, आषाढ २७, २०८१

विराटनगर / विराटनगर महानगरपलिका वडा नम्बर २, प्रदेश टेलिकम कार्यालय नजिक सेन्ट जोसेफ स्कुलको मोडमा धारिलो कैँची हतियार प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । साथै उत्त कैँची प्रहारमा दुईजना घाईते भएका छन । मृत्यु हुनेमा मोरङको कटहरी गाउँपालिका वडा नम्बर १ जमटोकी बस्ने २१ वर्षिया करण कामत रहेको छ । घाइते हुनेमा सोही ठाउँ बस्ने बर्ष १७ को अमन राय र बर्ष २२ को बिक्रम मण्डल रहेका छन ।

उक्त स्थानमा दुवै पक्ष बीच वादविवाद भई एक आपसमा झगडा हुँदा साथमा रहेको कैँची जथाभावी प्रहार गर्दा तत्काल घाईते भएकोमा १ (एक) जनाको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियोे । अन्य घाईतेको कोशी अस्पताल हुँदै हाल नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।

सोही घटनामा संलग्न रहेको आरोपमा जिल्ला मोरङ विराटनगर वडा नम्बर ११ घर भई हाल वडा नम्बर २ स्थित विराट नर्सिंङ अस्पताल अगाडी डेरा गरी बस्ने सुरेश गिरीको छोरा वर्ष २० को सोनु गिरी, जिल्ला ताप्लेजुङ दोखु घर भई विगत ६/७ वर्ष देखि सोही स्थानमा डेरा गरी बस्ने पेम्बा शेर्पाको छोरा वर्ष १८ को सन्तोष भन्ने निमा दावा शेर्पा (कैँची प्रहार गर्ने), जिल्ला भोजपुर भुल्के घर भई हाल विराटनगर वडा नम्बर २ विराट नर्सिङ अस्पताल अगाडी बस्ने चन्द्र बहादुर पुरीको छोरा वर्ष २० को संजय पुरी र मोरङ रंगेली घर भई हाल विराटनगर वडा नम्बर २ स्थित शनिहाट बस्ने बर्ष १६ को नाबालक। (नाम गोप्य) लाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिरहेका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]