पाथीभरा मन्दिरमा तीर्थयात्रीको सङ्ख्या बढ्दै, स्थानीय व्यवसायी उत्साहित

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन २८, २०८१

विराटनगर/सडक सुचारु भएसँगै ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा आउने तीर्थयात्रीको सङ्ख्या बढ्दै गएको छ। लगातारको वर्षाका कारण अवरुद्ध रहेको सडक मर्मतपछि अब तीर्थालुको आगमनमा वृद्धि भएको हो। सोमबार मात्रै करिब चार सय तीर्थालु मन्दिरमा पुगेको जानकारी पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले दिएका छन्।

सडक अवरुद्ध हुँदा पाथीभरा मन्दिरमा तीर्थालुको आगमनमा कमी आएको थियो। विशेष गरी मेची राजमार्ग, तमोर करिडोर, र पाँचथर सडक खण्ड बन्द भएपछि नवरात्रको समयमा तीर्थयात्रीको सङ्ख्या घटेको थियो। असोज १२ देखि पहिरो र बाढीले यातायातमा अवरोध उत्पन्न गरेको थियो भने हेंवाखोलामा बेलिब्रिज बगाएको र तमोर करिडोरको नावाखोलामा पानीको सहत बढेपछि आवागमन ठप्प भएको थियो।

हाल अस्थायी रूपमा सडक सुचारु भएपछि स्थानीय होटल र यातायात व्यवसायी उत्साहित भएका छन्। माथिल्लो फेदी क्षेत्रमा रहेका होटलमा तीर्थालुहरूको बुकिङ भइरहेको छ, जसले स्थानीय व्यवसायमा नयाँ गति ल्याएको छ।

पाथीभरा क्षेत्र विकास समितिले सडक सुचारु भएपछि तीर्थालुको सङ्ख्या बढेको र स्थानीय व्यवसायीले तीर्थालुहरूको सुविधाका लागि तयारी गरिरहेका बताएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]