सुनसरीमा बाढीबाट रु २.५ करोड बराबरको तरकारी बालीमा क्षति

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, आश्विन २९, २०८१

विराटनगर/यही असोज ११ र १२ गते आएको बाढीले सुनसरी जिल्लामा करिब रु दुई करोड ५० लाख बराबरको तरकारी बालीमा क्षति पुर्‍याएको छ। बाढीका कारण सुनसरी सदरमुकाम इनरुवा र हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्रलगायत स्थानमा बन्दा, भण्टा, लौका, फर्सीलगायत तरकारी बालीमा भारी क्षति भएको छ।

कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहका अनुसार बाढीले १०५ हेक्टर क्षेत्रफलको तरकारी बाली पूर्ण रूपमा नष्ट गरेको छ भने केरा खेती पनि बाढीबाट प्रभावित भएको छ।

स्थानीय किसान रामबृक्ष मेहताले बाढीले आफ्नो तरकारी बाली नष्ट भएपछि आयस्रोत गुमाउनुपरेको बताए। उहाँका अनुसार ५० हेक्टरमा लगाइएको उखु बाली पनि नष्ट हुँदा करिब रु १ लाख ८० हजार बराबरको क्षति भएको छ।

कृषि ज्ञान केन्द्रका तथ्यांकअनुसार जिल्लामा ८,१५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती र ५,८७७ हेक्टरमा उखु खेती हुँदै आएको छ। बाढीको यो क्षतिले किसानहरूलाई ठूलो आर्थिक असर परेको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]