

विराटनगर / मोरङको कटहरी गाउँपलिकाको सर्टरहरुको आन्तरीक ठेक्का आय सम्बन्धी सिलबन्दी दरभाउ पत्र सार्वजनीक गरीएको छ । आन्तकि ठेक्का आय सम्बन्धि उत्त ठेक्का स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम व्यवस्था भए अनुसार आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ पाँच वर्षसम्मका लागी सुचना प्रकाशित गरुीएको थियो ।
उत्त ठेक्कामा सहभागी पसल तथा व्यत्तिले सिलबन्दि दरभाउ पत्र दिएका थिए । सिलबन्दि पत्रमा दिए बमोजिम विभिन्न नाममा परेको उत्त ठेक्का पत्रहरु कटहरी गाउँपालिकाको बैठक भवनमा पालिका अध्यक्ष देवराज चौधरी, उपाध्यक्ष सिता देवी राजवंशी र प्रमुख प्रशासकीय अधिकृतको सहभागीतामा ठेक्का सिलबन्दि दरभाउ पत्र खुलेकोे थियो ।
उत्त सीलबन्दी दरभाउ पत्रमा बढि रकम कबुल गरीएको नामहरु क्रमश यस प्रकार छन । सर्टर नं १ मा दिनेश मण्डल, सर्टर नं २ मा उषा देवी साह, सर्टर नं ३ मा गोलु कुमारी कामत, सर्टर नं ४ मा दुर्गानन्द कामत, सर्टर नं ५ मा सबु खातुन, सर्टर नं ६ मा सन्दीप प्रसाद यादव, सर्टर नं ७ मा ज्योतिष कुमार ठाकुर, सर्टर नं ८ मा अनिता कुमारी साह, सर्टर नं ९ मा पदम कुमार ठाकुर, सर्टर नं १० मा महमद जाविद, सर्टर नं ११ मा विनोद कुमार ठाकुर, सर्टर नं १४ मा रिङकी कुमारी कामत र सर्टर नं १५ मा सकल देव कामत रहेका छन ।