स्थापना दिवसको अबसरमा चार पत्रकार लाई सम्मान

Logo
राजेश कुमार राजवंशी / विराटनगर प्रकाशित बिहिबार, आषाढ २७, २०८१

बिराटनगर / सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड को तेह्रौं स्थापना दिवस एवं पुरस्कार बितरण समारोह आज सम्पन गरीयो, पुरस्कार पाउने सदस्यहरु चन्द्रलाल दुर्गादेवि दाहाल सञ्चार श्रमजीवी पुरस्कार बाट नवीन कर्णलाई नगद २१ हजार सहित पुरस्कृत गर्नु भएको छ । मिनादेवी श्रेष्ठ पत्रकार महिला प्रोत्साहन पुरस्कारबाट झुना( जुनु ) भट्टराई नगद १० हजार सहित पुरस्कृत भएको हो , ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट नगद ५० हजार नगद सहित सुशिला पाठक  ,  तोरेन्द्र इन्दिरा प्रेस स्वतन्त्रता सम्मान पुरस्कारबाट मोहन भण्डारीलाई ५१ हजार नगद सहित पुरस्कृत गरेको छ।

सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको अध्यक्ष दिपक दाहाल प्रमुख अतिथी कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्की बिशिस्ट अतिथी समाजसेवी दिनबन्धु गोयल हरिबहादुर क्षेत्री सहकारीको ब्यवस्थापनमा लागेको बताउनु भयो।सहकारीलाई स्वार्थमा चलाउनुले सहकारी संकटमा पर्ने गरेको बताउनु भयो। सहकारीले १५ हजारलाई रोजगारी दिएको छ भने २२ हजार सदस्य रहेको छ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पत्रकारिता क्षेत्रमा पत्रकारको एउटै धर्म जात हुनु पर्नेमा कहिले काहीँ गलत समाचारले समाचारमा भ्रम सृजना हुने गरेकोले यसतिर पत्रकार सजग हुनु पर्ने बताउनु भयो। गलत समाचारले समाजलाई गलतबाटोमा डोर्याउने भएकोले सजगता अपनाउनु पर्ने बताउनु भयो। पत्रकार राजनीतिबाट मुक्त भएर अगाडी बढनु पर्नेमा जोड दिनु भयो ।

अहिले पनि समाजमा पत्रकारिता क्षेत्रमा पत्रकारको माग छ।प्रदेश सरकारले हरेक वर्षमा पत्रकारलाई सम्मान गर्दै आएको छ र यसलाई निरंतरता दिदै जाने बताउनु भयो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]