

विराटनगर / मोरङको रतुवामाई नगरपालिकाका एक ब्यापारी रेष्टुरेन्टमा मृत भेटिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ९ स्थित फ्रेन्स कनर रेष्टुरेन्ट एण्ड लजमा एक जना ब्यापारी मृत भेटिएका छन् ।
रतुवामाइ नगरपालिका वडा नम्बर ५ लारिकट्टा घर भई रंगेली नगरपालिका वडा नम्बर २ बेतौ चौकमा होलसेलको किराना पसल गर्दै आएका वर्ष ३३ गजेन्द्र साहको आज बिहान झुन्डिएको अवस्थामा शव भेटिएको हो ।
परिवारका आफन्तहरुले घटना रहस्यमय रहेको भन्दै घटनाको अनुसन्धान गर्न माग राखेका छन् । व्यापारी साह उत्त होटलमा हिजो दिउँसो २ बजे आएका थिए । उनी २०४ नम्बरको कोठामा बसेका थिए ।