सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ गर्न प्रहरी परिचालन

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक ०२, २०८१

विराटनगर/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को प्रहरी टोली परिचालित भएको छ। सहकारी ठगीको आरोपमा लामिछानेलाई नियन्त्रणमा लिन प्रहरी सक्रिय भएको हो।

अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको पुष्टि भएको छ। लामिछानेमाथि सहकारीबाट ठगी गरेको आरोप लागेको छ, जसको आधारमा प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याउन तयारी गरेको हो।

सहकारी सम्बन्धी ठगीको मुद्दामा उनीमाथि गम्भीर आरोपहरू लागेपछि यो कदम चालिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]