रास्वपाका सभापति रवि लामिछाने पक्राउ, सहकारी रकम अपचलन आरोप

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक ०२, २०८१

विराटनगर /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका छन्। जिल्ला अदालत, कास्कीले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन विशेष समितिले प्रतिवेदन प्रस्तुत गरेको थियो। सोही प्रतिवेदनको आधारमा अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी कार्यालय, कास्कीले अदालतबाट पक्राउ अनुमति लिएको थियो। शुक्रबार, जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

सहकारी बचत रकम दुरुपयोग सम्बन्धी अभियोगका कारण लामिछानेलाई पक्राउ गर्न एक प्रहरी उपरीक्षक (एसपी)को नेतृत्वमा खटिएको सीआईबीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]