वराहक्षेत्र नगरपालिकामा कार दुर्घटना हुदा ४ जना घाईते

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, कार्तिक ०५, २०८१

विराटनगर/सुनसरीको बराहा क्षेत्र नगरपालिका–१ झन्डाचोक स्थित करमखोला नजिकै कार दुर्घटनामा परी एउटै परिवारका चारजना घाइते भएका छन्। बागमती प्रदेश ०१-०२७ च ६०६९ नम्बरको कार पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा आफै अनियन्त्रित भई दुर्घटना भएको हो। प्रहरीका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ, जसलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपामा लगिएको छ। अन्य तीन जनाको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन। यस घटनाबारे थप विवरण आउने क्रममा रहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]