म्युजिकल फिल्म ‘आफ्नै स्वार्थ’ सार्वजनिक, पशुपति वृद्धाश्रममा गरिएको विशेष रिलिज

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, कार्तिक ०५, २०८१

विराटनगर /निर्देशक रोशन दासले निर्माण गरेको म्युजिकल फिल्म ‘आफ्नै स्वार्थ’ सार्वजनिक गरिएको छ। परिवार र सम्बन्धको कथामा आधारित यस म्युजिकल फिल्मको विशेष रिलिज कार्यक्रम पशुपति वृद्धाश्रममा रहेका करिब ६ दर्जन वृद्धवृद्धाहरुको उपस्थितिमा गरिएको हो।

गीतमा कथा र डाइलग समेटेर बनाइएको ‘आफ्नै स्वार्थ’ले युवाहरुको जीवनमा आधारित गहिरो विषयवस्तु प्रस्तुत गरेको छ। फिल्मको निर्देशन रोशन दासले गरेका छन् भने पटकथा किङ्ग एबिसीको रहेको छ। भिडियोमा सुभास गजुरेल, गीताश्री थापा, नारायण बिक, अनुस्कृति घिमिरे, दिपेश घिमिरेलगायतका कलाकारले जिवन्त अभिनय प्रस्तुत गरेका छन्।

गायक धुर्व विश्वकर्माको स्वर, रोशन दासको शब्द रचना, र राजन कार्कीको संगीत रहेको यस म्युजिकल फिल्ममा हरिप्रसाद ढकालले छायांकन, फुर्बा लामाले सम्पादन, र श्याम कुँवरले कलर संयोजन गरेका छन्।

म्युजिकल फिल्मको निर्माण सल्लाहकारमा हिक्मत शर्मा रहेका छन् भने रेज इन्टरटेन्टमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

भिडियो लिंक 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]