एभरेष्टकी तुलसा द भ्वाइस अफ किड्सको लाइभमा प्रवेश

Logo
ग्रामिण पत्रिका / पथरी प्रकाशित सोमबार, आषाढ ३१, २०८१

पथरी / मोरङको पथरी शनिश्चरे वडा नं. १ मा अवस्थित एभरेष्ट माविकी छात्रा तुलसा थापाले द भ्वाइस अफ किड्सको ब्याटल राउण्ड पार गर्दै लाइभ राउण्डमा प्रवेश गरेकी छिन् ।

पथरी शनिश्चरे वडा नं. २ देविगन्जकी थापाले कोच मिलनको रहेर ब्याटल गरेकी थिइन् । उनीसँगै पथरीकै वाल्मीकि माविकी निकोलस विक र अर्की प्रतिस्पर्धी नुनिङ पनि प्रतिस्पर्धीको रुपमा थिइन् । थापालाई कोच मिलनले नै लाइभ राउण्डमा लिएकी होइनन् उनलाई कोच प्रमोदले स्टिल गरेको हो ।

एभरेष्टमा कक्षा–७ मा अध्ययनरत छात्रा थापाले ब्लाइन्ड अडिसनमा ‘सिरी सिरी हावा चल्यो ’ गीत प्रस्तुत गरेकी थिइन् । निक्कै संभावना बोकेकी तुलसाले द भ्वाइस अफ किड्समा राम्रो गर्नेमा ढुक्क रहेको एभरेष्टको संगीत शिक्षक अर्जुन सेन्चुरीले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]