मोरङ, क्षेत्र नम्बर ४ ‘१’ नेपाली कांग्रेस प्रदेश सभापति एकराम माझीको निधनमा श्रद्धाञ्जली अर्पण

Logo
राजेश कुमार सरदार थारु / ग्रामथान प्रकाशित मंगलबार, कार्तिक ०६, २०८१

ग्रामथान / नेपाली कांग्रेस पार्टीले मोरङ क्षेत्र नम्बर ४ ‘१’ नेपाली कांग्रेस प्रदेश सभापति एकराम माझीको निधनमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । २०३७ जेठ१ गते जन्मेका माझीको निधन २०८१ असोज ३० गते ४४ वर्षको उमेरमा भएको थियो।

उनको विद्यालय शिक्षा पब्लिक मावि धनी बनीगाउँ नेताचोक मा भएको थियो । निजको शिक्षाप्रति पनि विशेष चासो रहेको थियो। उनी निजी शिक्षण संस्था नेताचोक मोडेल एकेडेमीको अध्यक्ष पदमा बसेर काम पनि गरेका थिए।नेपाली कांग्रेसका गाउँ, क्षेत्र, जिल्ला, प्रदेश एवं केन्द्रबाट नेता तथा कार्यकर्ताहरू श्रद्धाञ्जली प्रकट गर्न भेला भएका थिए। श्रद्धाञ्जली अर्पण गर्ने गर्ने कार्यमा वडा, ग्रामथान गाउँपालिका, विराटनगर महानगरपालिका कठहरी कठहरी र बुढीगंगा गाउँपालिका, जिल्ला, केन्द्र बाट हजारको सङ्ख्यामा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू भेला भएका थिए। हार्दिक श्रद्धाञ्जली एवं संवेदना पत्रहरू क्रमैसित वाचन गरेका थिए। समवेदना पत्र प्रकट गर्ने कार्यमा नेपाली कांग्रेस बाट बाक्लो उपस्थिति रहेको थियो।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौला, मोरङ जिल्ला कार्यवाहक सभापति भक्तिनाथ माझी, उपसभापति एवं विराटनगर महानगर पालिका का मेयर नागेश कोइराला, सचिव ललित श्रेष्ठ को उपस्थिति रहेको थियो ।

त्यस्तै उपस्थिति हुनेमा कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, कोशी प्रदेश सदस्य सूची चौधरी, पूर्व राज्यमन्त्री दिलिप गच्छदार, प्रदेश सांसद मानबहादुर लिम्बु, पूर्व कोशी प्रदेश सांसद सूर्यमा राई, संविधानसभा सदस्य भोटनीदेवी खवास, क्षेत्रीय सभापति विनोद बस्नेत थिए ।

नेपाली कांग्रेस जिल्ला सदस्य विद्यानन्द माझी, भुखनी माझी, रन्जित महतो, अनिल खा, कठहरी गाउँपालिकाका सभापति रामकुमार कामत, बुढीगंगाका अध्यक्ष जित नारायण थापा मगर लगायतको उपस्थिति रहेको कुरा नेपाली कांग्रेस ग्रामथान गाउँपालिकाको सभापति तुलसी किरण विश्वासले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]