पाँचथरमा अरिङ्गालले टोकेपछि एकजनाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक ०९, २०८१

विराटनगर /पाँचथरको फिदिम नगरपालिका-६ निवासी २६ वर्षीय शुभराज तिम्रोकको अरिङ्गालले टोकेपछि मृत्यु भएको छ। प्रहरीले दिएको जानकारी अनुसार तिम्रोकलाई बुधबार अरिङ्गालले टोकेको थियो।

अरिङ्गालको टोकाइले गम्भीर रूपमा घाइते भएका तिम्रोकलाई स्थानीय क्लिनिकमा उपचार गरी घरमै राखिएको थियो। तर, उनको स्वास्थ्य अवस्था झन् बिग्रँदै गएपछि फिदिम लैजाने तयारी भइरहेका बेला हिजो उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]