दश महिने पत्रकारिता तालिम: दूर शिक्षा विधिबाट

Logo
राजेश कुमार राजवंशी / विराटनगर प्रकाशित मंगलबार, साउन ०१, २०८१

विराटनगर / पत्रकारिता क्षेत्रलाई तालिमका माध्यमबाट अझ सशक्त सबल, निष्पक्ष, स्तरीय र आचारशील बनाउने प्रयत्नमा नेपाल प्रेस इन्स्टिच्यूट, क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगर विगत ३७ वर्षदेखि निरन्तर लागिपरेको छ।

डेनमार्कको डेनिस स्कूल अफ जर्नालिजमद्वारा प्रशिक्षित प्रशिक्षकहरुको दक्षता तथा नेपाल प्रेस इन्स्टिच्यूटको गुणस्तरीयताको कडा मापदण्डहरुले यस संस्थाबाट प्रदान गरिने तालिमहरुलाई प्रभावकारी बनाउन सहयोग पुऱ्याएको छ। यस क्षेत्रका प्रायः सबै स्थापित पत्रकारहरुले यस संस्थावाट विभिन्न तालिम प्राप्त गरेका छन्। कतिपयले तालिमपश्चात आफ्नो सीपको विकास गरी काठमाडौंस्थित प्रकाशन/प्रसारण गृहहरुमा पनि स्थान बनाउन सफल भएका छन्।

रिपोटिंङ र सम्पादन सम्बन्धमा खासै जानकारी नभएका व्यक्तिहरुले पनि तालिमपश्चात पत्रकारिताको ज्ञान प्राप्त गरी सफल रिपोर्टर, सफल सम्पादक भएका थुप्रै उदाहरण हामीसामु छन् ।पत्रकारिता प्रशिक्षण क्षेत्रमा नेपालकै सबैभन्दा जेठो र प्रतिष्ठित संस्था नेपाल प्रेस इन्स्टिच्यूटको प्रादेशिक विभाग, क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरले पत्रकारिता क्षेत्रका लागि युवा जनशक्ति उत्पादन गर्ने उद्देश्यले दूर शिक्षा विधिको प्रयोग गर्दै २०८१श्रावण १ गतेदेखि १० महिने पत्रकारिता तालिम सञ्चालन गर्दैछ। ईच्छुक २ वा सो सरह उत्तीर्ण व्यक्तिहरुले सम्पर्क राख्न सुरु पनि गरेका छन् ।

संस्थाको ४०औं समूहका रुपमा तालिम हासिल गर्ने व्यक्तिहरु पनि विगतमा जस्तै नेपाली पत्रकारिता क्षेत्रलाई व्यावसायिक बनाउन सक्षम हुने विश्वास लिइएको छ। नेपाल प्रेस इन्ष्टिच्यूटबाट प्रशिक्षित व्यक्तिहरु व्यावसायिक पत्रकारका अतिरिक्त सरकारी कार्यालयका प्रवक्ता र सूचना अधिकारी पनि भएका विगतका दृष्टान्त यस पटक पनि दोहोरिने विश्वास गरिन्छ। नेपाल प्रेस इन्स्टिच्यूट, क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगर सयोजक बिरेन्द्र शर्मा ले बताउनु भयो ।

हप्ताको पाँचदिन, प्रत्येक दिन दुई घण्टा अनुभवी प्रशिक्षकहरुद्वारा कक्षा सञ्चालन, प्रशिक्षण नेपाली१२ कक्षा उत्तीर्ण भौगोलिक रुपमा जहां सुकै रहेका व्यक्तिले तालिम लिनसक्ने ।प्रत्यक्ष प्रयोगात्मक अभ्यास र अन्तिम परीक्षाका लागि काठमाडौं, विराटनगर र नेपालगञ्जमा क्षेत्रीय सञ्चार स्रोत केन्द्र परिचालित ।

युट्युव लगायतका नयाँ मिडियाको प्रयोग गरी पत्रकारिता गर्न चाहने तर तालिमको अवसर नपाएक शिकार हुन।नेपाल प्रेस इन्स्टिच्युटले मंगलबारदेखि ४०औं समूहको १० महिने पत्रकारिता तालिमको सुरुआत गरेको छ। तालिममा विभिन्न जिल्लाबाट १० महिला र १६ पुरुष गरी २६ प्रशिक्षार्थी सहभागी छन् ।तालिममा ६ महिना डिजिटल माध्यमबाट कक्षा सञ्चालन हुने र चार महिना प्रयोगात्मक अभ्यासमा सहभागी गराइने तालिमका संयोजक कपिल काफ्लेले जानकारी दिए ।

डिजिटल कक्षा हप्ताको पाँचदिन बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ ।तालिममा आधारभूत पत्रकारिता, समाचार रिपोर्टिङ तथा लेखन, डिजिटल मिडिया, रेडियो पत्रकारिता, टेलिभिजन पत्रकारिता, फिचर लेखन सम्बन्धी ज्ञान दिइने संयोजक काफ्लेले बताए । चार महिने प्रयोगात्मक अभ्यासका लागि इन्ष्टिच्यूटले सहभागीलाई प्रतिष्ठित सञ्चार गृहमा लगाउने व्यवस्था छ । तालिम दूर शिक्षा प्रणालीबाट भए पनि अन्तिम परीक्षा प्रत्यक्ष भौतिक उपस्थितिमा हातैले लेखेर दिनुपर्ने व्यवस्था छ ।तालिममा सहभागीमध्ये सात जना नेपाल प्रहरी र दुई मानवअधिकारकर्मी पनि छन् ।

यसैगरी नेपाली सेना र सशस्त्र प्रहरीजस्ता सुरक्षा निकायबाट खटिएका सहभागी पनि तालिम लिइरहेका छन् । सहभागीमध्ये केही पत्रकारितामा औपचारिक शिक्षा हासिल गरिसकेका र पत्रकारिता गरिरहेका व्यक्ति पनि रहेको परिचय कार्यक्रममा खुलेको छ । १२ कक्षा उत्तीर्ण व्यक्तिले तालिम लिनसक्ने यस कार्यक्रममा स्नातकोत्तर उत्तीर्ण सहभागी पनि छन् ।भौतिक रुपमा तालिमका लागि राजधानी आउन नसक्ने सहभागीलाई अनलाइन माध्यमले अवसर जुराएको भन्दै सहभागीहरुले प्रसन्नता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]