तिहारअन्तर्गत आज गाई, गोरु र गोवद्र्धन पूजा

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, कार्तिक १७, २०८१

विराटनगर । नेपाली हिन्दू धर्मावलम्बीहरुले तिहारअन्तर्गत आज गाई, गोरु र गोवद्र्धन पर्वको पूजा गरिरहेका छन्। आजका दिन गाईको पूजा गरी मिठा परिकार खुवाउने परम्परा छ जसले गाईबाट पाइने शुद्धता सधैं मिल्ने धार्मिक विश्वास छ। यसैगरी, गोरुलाई पनि मिठा परिकार खुवाउँदै किसान र हलोको पूजा गरिन्छ।

यस अवसरमा आँगनमा लिपपोत गरेर गाईको गोबरको पहाड बनाई त्यसलाई गोवद्र्धन पर्वत मान्दै पूजा गरिन्छ। कार्तिक शुक्ल प्रतिपदामा पर्ने यस दिनलाई “हली तिहार” पनि भनिन्छ, किनकि यसमा वर्षभर गोरु जोत्ने हली र कृषि कर्म गर्ने किसानलाई सम्मान गरिन्छ।

यसअघि, बेलुका लक्ष्मी पूजा सम्पन्न भएको थियो। तर, यो वर्ष तिथिमा भएको परिवर्तनका कारण तिहारको अवधि पाँच दिनको सट्टा छ दिन लम्बिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तिथि घटबढका कारण औंसीमा सूर्योदय भएकाले यो विशेष व्यवस्था गरिएको जनाएको छ।

तिहारको मुख्य दिन मानिने भाइटीका भोलि कार्तिक शुक्ल द्वितीयामा मनाइनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे रहेको छ। यद्यपि, दिनभर भाइटीका लगाउन सकिने बताइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]