देउसी भैलो खेलिरहेको समूहलाई बसको ठक्कर, २ जनाको मृत्यु, ३३ घाइते

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, कार्तिक २०, २०८१

विराटनगर /अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६, खिल्जीमा देउसी भैलो खेलिरहेका एक समूहलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

सोमबार बेलुकी वडा नम्बर ५ र ६ को सिमाना जयठाँटीमा ना ३ ख २४७१ नम्बरको बसले देउसी भैलो नाचिरहेको समूहलाई एक्कासि ठक्कर दिएको हो। घटनामा २२ वर्षीया तारा श्रेष्ठ र ७० वर्षीया रुनी खनालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्र बहादुर मल्लले जानकारी दिए।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका ९ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ। अन्य ८ जनाको अवस्था मध्यम रहेको र १६ जनाको अवस्था सामान्य रहेको अस्पतालका मेसु डा. जगन्नाथ तिवारीले जानकारी दिए।

प्युठानबाट भैलो खेल्न आएका यात्रु बोकेको बसको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ। घटनापछि स्थानीय र प्रहरी मिलेर उद्धार कार्य गरेका छन् भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]