नेपाली कांग्रेस ग्रामथान गाउँपालिकाले निर्वाचन प्रचार प्रसारमा तीव्रता

Logo
राजेश कुमार सरदार थारु / ग्रामथान प्रकाशित शुक्रबार, कार्तिक २३, २०८१

यही मङ्सिर १६ गते हुन गइरहेको स्थानीय निकायको उप निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेस ग्रामथान गाउँपालिकाले ५०१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ।

नेताचोकमा रहेको नेपाली कांग्रेस प्रदेश ४ क को कार्यालयमा भएको बैठकबाट निर्वाचन प्रचार प्रसार समितिको संयोजकमा नेपाली कांग्रेस ग्रामथान गाउँपालिकाका सभापति तुलसी किरण विश्वासलाई तोकिएको छ । निर्वाचन प्रचार प्रसार समिति अन्तर्गत विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ।

ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा टिकट पाएका बलराम सरदारको उपस्थितिमा युवा परिचालन, महिला परिचालन, विद्यार्थी परिचालन, आर्थिक परिचालन समिति, झन्डा व्यवस्थापन समिति, सञ्चार समिति, सचिवालय खडा गर्ने र अनुगमन समिति निर्माण गरी पार्टीका विभिन्न व्यक्तिहरूलाई तोकिएको कुरा सभापति विनोद बस्नेतले जानकारी गराए।
सूर्यनारायण माझीको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ। आर्थिक समितिका सदस्यहरूमा राजनारायण माझी, फुलकुमारी चौधरी, सञ्जय माझी र ललिता माझी रहेका छन भने अनुगमन तथा समन्वय समितिमा मोरङ क्षेत्र नम्बर ४ र प्रदेश ४ क समिति रहेका छन् ।

मोरङ क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति विनोद कुमार बस्नेतको अध्यक्षतामा नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४, प्रदेश ४ क र ग्रामथान गाउँपालिकाको संयुक्त बैठक बसेर उक्त विभिन्न निर्णयहरू गरेका थिए। बैठकबाट कार्तिक २५ गते आइतबार, दिनको १ बजे तेतरियामा कोणसभा गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]