ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार घोषणा

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, कार्तिक २५, २०८१

विराटनगर/नेपाली कांग्रेस ग्रामथानले आइतबार तेतरीयामा आयोजित एक कार्यक्रममा आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बलराम सरदार थारुलाई औपचारिक रूपमा घोषणा गरेको छ।

नेपाली कांग्रेस मोरङका सभापति तथा पूर्व युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरदारको उम्मेदवारी घोषणा गर्दै कांग्रेस कार्यकर्ता तथा स्थानीय बासिन्दालाई उहाँलाई जिताउन आग्रह गरेका थिए।

कार्यक्रममा बोल्दै लिम्बूले भने, “बलराम सरदार एक इमानदार र सक्षम नेता हुनुहुन्छ। उहाँको नेतृत्वमा ग्रामथान गाउँपालिकाको विकास हुनेछ भन्नेमा म विश्वस्त छु।”

त्यस्तै, नेपाली कांग्रेस कटहरी गाउँपालिकाका सभापति रामकुमार कामतले कटहरीका कांग्रेस कार्यकर्ता पनि ग्रामथानमा कांग्रेसलाई जिताउन लागिपर्ने बताएका थिए।

यसअघि ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका दावेदार रहेका सूर्य नारायण माझीले बलराम सरदार थारु जस्तो इमानदार नेता पाएपछि आफ्नो उम्मेदवारी फिर्ता लिएको बताउँदै सरदारलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए।

नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइराला, भक्तीनाथ माझी, पूर्व सांसद दिलिप गच्छदार, कांग्रेस नेतृ सरिता माझी, कांग्रेस नेता ज्योतिष गच्छदार लगायतले पनि ग्रामथानको आसन्न उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार बलराम सरदारलाई अत्याधिक बहुमतले विजयी गराउन आह्वान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]