नयाँ बानेश्वरको सिभिल अस्पतालका चिकित्सक यौन दुर्व्यवहारको आरोपमा पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, कार्तिक २६, २०८१

विराटनगर /प्रहरीले नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा कार्यरत एक चिकित्सकलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको छ। सहकर्मी चिकित्सकले प्रहरीसमक्ष यौन दुर्व्यवहारको आरोपमा उजुरी दिएपछि उक्त चिकित्सकलाई पक्राउ गरिएको हो।

प्रहरी वृत्त, बानेश्वरका अनुसार, घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। घटनाको संवेदनशीलता र पीडितको परिचय खुल्नसक्ने जोखिमलाई ध्यानमा राख्दै पक्राउ परेका चिकित्सकको नाम गोप्य राखिएको छ।

बानेश्वर प्रहरीका एक अधिकारीले यो घटना तिहारअघि नै भएको जानकारी दिएका छन्। पक्राउ गरिएको चिकित्सकमाथि थप अनुसन्धान भइरहेको र कानूनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]