हल्दीबारी गाउँपालिकाले ४५६ किसानलाई तोरी र गहुँको विउ वितरण गर्दै

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित बिहिबार, कार्तिक २९, २०८१

हल्दिबारी / झापा जिल्लाकाे हल्दीबारी गाउँपालिकाले ४५६ किसानलाई तोरी र गहुँ को विऊ बाढ्न सुरु गरेको छ । हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनका अनुसार हल्दिबारीलाई तेल तथा गहुँमा आत्मनिर्भर बनाउन बनाउनु ५०/५० साझेदारी कार्यक्रम अन्तर्गत वडा वडाबाट विउ वितरण गर्न सुरु गरिएको हो । उनका अनुसार किसानलाई आन्मनिर्भर बनाउने उदेश्यले किसानलाई आवश्यक पर्ने प्राविधिक सहयोग देखी विउ विजन र कृषि औजारहरुको व्यवस्थापन किसानको माग अनुसार गर्दै आएको छ ।

यस सिजनमा ३५०५ केजी गहुँको विउ र ३२४० केजी तोरीको विउ ४५६ किसानलाई बाढ्न सुरु गरिएको कृषि शाखा प्रमुख छविलाल गुरुङ्गले जानकारी दिए । उनका अनुसार वडा नं. १ का ७१ किसानलाई ५५७ किलो तोरीको विउ र २५ किसानलाई ६७६ किलो गहुँको विउ वितरण गरिदैछ । त्यस्तै वडा नं. २ का १७३ किसानलाई ८०४ केजी तोरीको विउ र ६२ किसानलाई १९८६ किलो गहुँको विउ वितरण गरिदैछ । त्यसैगरि वडा नं. ३ का ३६ किसानलाई २३४ किलो तोरीको विउ र ३ जना किसानलाई ५६ किलो गहुँको विउ बितरण गर्न लागिएको छ । कृषिशाखा प्रमुख गुरुङ्गका अनुसार वडा नं. ४ का ४८ किसानलाई ११५३ किलो तोरीको विउ र ५ किसानलाई २२२ किलो गहुँहो विउ वितरण हुदैछ । त्यस्तै वडा नं. ५ का ३१ किसानलाई २६७ किलो तोरीको विउ र २ किसानलाई ६५ किलो गहुँकाे विउ उनिहरुको माग अनुसार आजबाट बितरण गरिदै आएको छ ।

निवेदनमा पहुच नपुगेका किसानलाई १०० किलो तोरीको विउ र ५०० किलो गहुँको विउ पालिकाबाट वितरण गर्न लागिएको प्रमुख गुरुङ्गले जानकारी दिए । उक्त साझेदारी कार्यक्रममा रु.५९९४०० को तोरीको विउ खरिद गरिएको छ भने रु.२८०००० बराबरको गहुँको विउ टेण्डर प्रकृयाबाट खरिद गरिएको हो । शाखा प्रमुख गुरुङ्गका अनुसार ३२४ विघाहमा साझेदारी कार्यक्रम अन्तर्गत तोरी खेती लगाइदैछ भने ४३.७५ विघाह गहुँ खेती गरिदैंछ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]