कोशी प्रदेश प्रहरी खेलकुद समिति र डि.एन. ग्रुप अफ कम्पनीबीच खेलकुद प्रवर्द्धनका लागि सम्झौता

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक ३०, २०८१

विराटनगर/ कोशी प्रदेशमा खेलकुदको विकास र प्रवर्द्धनलाई टेवा पुर्‍याउने उद्देश्यले कोशी प्रदेश प्रहरी खेलकुद समिति र डि.एन. ग्रुप अफ कम्पनी प्राइभेट लिमिटेडबीच एक महत्वपूर्ण सम्झौता भएको छ। विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित सम्झौता कार्यक्रममा कम्पनीले पाँच लाख पचास हजार रुपैयाँको चेक खेलकुद प्रायोजनार्थ हस्तान्तरण गरेको छ।

सम्झौतामा कोशी प्रदेश प्रहरी खेलकुद समितिको तर्फबाट प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्र कुबेर खापुङ र कम्पनीका प्रोप्राइटर दिपक काफ्लेले हस्ताक्षर गरे। सम्झौतापछि खेलकुद प्रायोजनार्थ उक्त रकम सहयोगस्वरूप हस्तान्तरण गरिएको हो।

उक्त रकम खेलकुद समितिमा आबद्ध खेलाडी र प्रशिक्षकहरूको दुर्घटना बीमा, खेलकुद सम्वन्धी आवश्यक सामाग्री र खेलाडीहरूको लागि अतिरिक्त पोषणयुक्त खाजा व्यवस्थापनमा प्रयोग गरिने छ। यस अवसरमा प्रदेश प्रहरी प्रमुख खापुङले खेलकुद प्रवर्द्धनमा सहयोग गर्ने डि.एन. ग्रुप अफ कम्पनीप्रति आभार व्यक्त गरेका छन्।

यस सम्झौताले प्रदेशको खेलकुद गतिविधिमा सहयोग पुग्ने र खेलाडीहरूको हौसला बढ्ने विश्वास समितिले व्यक्त गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]