नेपाल यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएल टोलीहरूको सम्मान, १० लाख पुरस्कार घोषणा

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक ३०, २०८१

विराटनगर/आइसिसी यु–१९ महिला टि–२० विश्वकप २०२५ का लागि ऐतिहासिक छनोट गरेपछि नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई नेपाल प्रिमियर लिग (एनपीएल)मा आबद्ध टोलीहरूले सम्मान गरेका छन्। एनपीएलका टोलीहरूले बिहीबार संयुक्त रूपमा रु १० लाख पुरस्कार दिने घोषणा गरेका हुन्।

नेपाली टोलीले युएईमा भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो। यो उपलब्धिलाई सम्मान गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान)ले यसअघि टोलीका खेलाडीहरूलाई व्यक्तिगत रूपमा रु २ लाख ५० हजार पुरस्कार दिने घोषणा गरिसकेको छ।

नेपाली टोली बिहीबार साँझ स्वदेश फर्किएको छ, जहाँ उनीहरूलाई भव्य स्वागत गरिएको थियो। अब टोलीले यु–१९ एसिया कप खेल्न तयारी गर्नेछ, जुन मङ्सिर ३० देखि पुस ८ सम्म मलेसियामा आयोजना हुनेछ।

यु–१९ एसिया कपको समूह विभाजन

एसियाली क्रिकेट परिषद् (एसिसी)ले समूह विभाजन घोषणा गरेको छ।

समूह ‘ए’: नेपाल, भारत, पाकिस्तान

समूह ‘बी’: बङ्गलादेश, श्रीलङ्का, मलेसिया

नेपालले पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम छ।

यस ऐतिहासिक सफलताले नेपाली क्रिकेटको भविष्यलाई थप उज्ज्वल बनाउने विश्वास गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]