गणेश प्रसाईंको ‘अजम्बरी’ मा आकाश र गरिमा ( भिडियो )

Logo
ग्रामिण पत्रिका / विराटनगर प्रकाशित बिहिबार, साउन ०३, २०८१

काठमाडौं / एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले उपहार स्वरुप आफनी श्रीमती देवी सिवाकोटी लाई डेडिकेटेड गर्दै तयार पारिएको गीत सार्वजनिक गरेका छन् ।

‘अजम्बरी’नाम दिइएको उक्त गीतमा गायक तुलसी सिवाकोटी र देवी सिवाकोटी प्रसाइको स्वर रहेको छ । नबराज शर्माको शब्द रचना र सीडी विजय अधिकारीको संगीत रहेको गीतको भिडियोलाइ प्रहिल कार्कीको निर्देशन गरेका हुन् ।

केहि दिनअघि नेपाल आएको बेला उनले अहिलेका चर्चित मोडेलहरु आकाश श्रेष्ठ र गरिमा शर्मा राखेर भिडियोको छायांकन गरेका थिए। गीतको भिडियोमा एउटा विवाहित जोडीले २५ बर्षे बैबाहिक जीवन सम्म आइपुग्न माया प्रेमको लागि गरिएको त्यागलाइ देखाइएको छ ।

बुद्ध थापाको सिनेमाटोग्राफी र माधव बेल्बासेको सम्पादन रहेको ‘अजम्बरी’ गीतको भिडियो लाइ गायक तुलसी सिवाकोटी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]