स्थानीय तह उपनिर्वाचनका लागि आचारसंहिता लागू

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ०२, २०८१

विराटनगर / स्थानीय तह उपनिर्वाचनका लागि आइतबारदेखि आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले मङ्सिर १६ गते हुने उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, र विश्वसनीय बनाउनका लागि सम्बन्धित जिल्लाहरूमा आचारसंहिता लागू गरेको हो।

आयोगका अनुसार आचारसंहिता नेपाल सरकारका मन्त्रीहरू, प्रदेश सरकारका मन्त्रीहरू, स्थानीय तहका पदाधिकारीहरू, सुरक्षा निकायका कर्मचारीहरू, सार्वजनिक तथा निजी संस्थानका पदाधिकारीहरू, र पत्रकारदेखि शिक्षकसम्म लागू हुनेछ।

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका घटनाहरू उजुरी गर्न आग्रह गरेको छ। आयोगले मौखिक, लिखित, सामाजिक सञ्जाल, र विद्युतीय माध्यमबाट उजुरी दिन सकिने बताउँदै उल्लङ्घन भए कारबाही हुने चेतावनी दिएको छ।

स्थानीय तहमा रिक्त भएका ४४ पदका लागि मङ्सिर १६ गते उपनिर्वाचन हुने भएको छ। यस अन्तर्गत जिल्ला समन्वय समितिका प्रमुख (२), गाउँपालिका अध्यक्ष (२), उपाध्यक्ष (४), नगरपालिका प्रमुख (१), उपप्रमुख (१), र वडाध्यक्ष (३४) पदका लागि निर्वाचन हुने छ।

उम्मेदवार मनोनयन दर्ता मङ्सिर १ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने कार्यक्रम रहेको छ।

आयोगले आचारसंहिता पालना गर्न सबैलाई आग्रह गर्दै, यो कानुनी दायित्व र नैतिक बन्धन भएको स्मरण गराएको छ। निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सबै पक्षबाट सहयोगको अपेक्षागरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]