बहुल राष्ट्रिय सहितको संघियताको माग गर्दै ः राजेन्द्र महत्तो

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित आइतबार, मंसिर ०२, २०८१

विराटनगर / आज कोशी प्रदेशमा, कोशी प्रदेशको नाम खारेजी र पुन्न नामाङ्गकरणको माग गर्दै राष्ट्रिय मुक्ति पार्टि नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र महात्तोले मन्त्वयका क्रममा बताएका छन् । विराटनगरमा कोशी प्रदेशको नाम खारेजीको माग गर्दै विभिन्न राजनीतिक घटकाहरु विराटनगरको महेन्द्र चौकमा धर्णा भइरहेको छ ।

बहुल राष्ट्रिय सहितको प्रदेशको नामाङ्गकरण तथा पहिचान सहितको संघियता हुनुपर्नेमा आज कोशी प्रदेश नाम यहाँका समुदाय तथा जातिको हितमा नभएको बताउँदै मन्त्व दिएका छन् ।

कोशी प्रदेशको नाम अर्थात आन्दोलनमा भनिने भाषा अनुसार नं. १ प्रदेश को पुन्न नामङ्कन गरि उपयुक्त नाम राख्न अहिले विराटनगरमा र्यारि र धर्णा भइरहेको छ । उक्त संयुक्त संघर्ष समितिले ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध प्रदर्शन कार्यक्रम’ गर्ने गरेको छ । उक्त आन्दोलन कार्यक्रमः ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध प्रदर्शन कार्यक्रम विराटनगर बिजुली कार्यालय बाट र्याली लोकतान्त्रिक चोक (पुुरानो महेन्द्र चोकं) मा आएर सभा भइरहेको छ । कार्यक्रमको घोषणा कार्यक्रम दिनको१२ः३० देखि ४ः३० सम्म भनिए पनि हालसम्म आन्दोलन भइरहेको छ ।

वक्ताहरु माओवादी केन्द्र उपाध्यक्ष पूर्बमन्त्री पम्फा भुसाल, जसपा नेपाल सहअध्यक्ष पूर्ब मन्त्री रकम चेम्जोङ, प्रदेश १ को पूर्व मुख्यमन्त्री राजेन्द्र राई, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष पूर्वमन्त्री राजेन्द्र महतो, नागरिक उन्मुक्ति पार्टीका अध्यक्षस् रेशम चौधरी, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्षः विस्वभक्त दुलाल (आहुती), जसपा केन्द्रीय नेता रमेश राई, पूर्ब मन्त्री जयराम यादव लगायतका वक्तहरुको उपस्थिति हुने प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]