विराटनगर किंग्सले सार्वजनिक गर्यो जर्सी र एन्थम 

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, मंसिर ०४, २०८१

विराटनगर/ विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ ।

मंगलबार कोशी प्रदेशको राजधानी विराटनगरमा एक भब्य समारोहकाबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, मार्की खेलाडी सन्दिप लामिछाने , टिम मालिक पारस लुनिया लगायतको उपस्थितिमा उक्त जर्सी सार्वजनिक गरिएको हो ।

जर्सिको कलर पहेँलो र निलो रहेको छ । जर्सी संगै कार्यक्रममा टिमको ऐन्थम गित समेत सार्वजनिक गरेको छ ।भ्वाइस अफ विराटनगर किंग्स तथा एम्बासिडर समेत रहेका कुशल पोखरेलले उक्त रचना तयार पारेका हुन् । विराटनगर किंग्सको गित र्याप फर्म्याटमा रहेको छ । यसका साथै विराटनगर किंग्सको फेसमा गायिका रचना रिमाललाई घोषणा गरिएको छ । पुर्बेली गायिका रिमाल क्रिकेटको ठुलो समर्थक हुन् ।

कार्यक्रममा भर्खरै नेपाली अन्डर १९ महिला क्रिकेट टिमलाई विश्वकप यात्रा दिलाउन सफल कोच महेश प्रसाद रिजाल र खेलाडी रिया शर्मालाई समेत सम्मानित गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका ५ जिल्लामा रहेका क्रिकेट संघहरुलाई क्रिकेट किट समेत प्रदान गरिएको थियो । ग्रासरुटका खेलाडीहरुको क्रिकेट विकासको लागि उक्त किट हस्तान्तरण गरिएको टिमका मालिक पारस लुनियाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

ग्रामीण साप्ताहिक पत्रिका दर्ता नं. २८०

सुचना तथा प्रसारण विभाग दर्ता नं.

प्रेस काउन्सिल नेपाल सुचिकरण नं.

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय :- कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]