बरिष्ठ फिजिसियन डा. सैयद वकार अहमदको सेवा अब विराटनगरको पारस अस्पतालमा उपलब्ध

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर ०५, २०८१

विराटनगर/ विराटनगर–११, महेन्द्रचोकस्थित पारस मल्टिस्पेशालिटी अस्पताल प्रा.लि. ले अब दुई दशकभन्दा बढी अनुभव भएका वरिष्ठ फिजिसियन तथा विशेषज्ञ डाक्टर सैयद वकार अहमद को सेवा उपलब्ध गराउने भएको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेमनारायण मेहता का अनुसार डा. अहमदको सेवा मंसिर ५ गते, बुधबार बाट प्रारम्भ हुनेछ।

डा. सैयद वकार अहमदले सुगर, थाइराइड, ब्लडप्रेशर, किड्नी, न्युरो तथा हृदय रोग सम्बन्धी उपचारमा विशेष योगदान दिएका छन्। उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान बाट एमबीबीएस र एमडी (इन्टर्नल मेडिसिन) गरेका वरिष्ठ चिकित्सक हुन्। साथै, उनले नोबेल मेडिकल कलेज मा सहायक प्राध्यापकको रूपमा पनि काम गरिसकेका छन्।

पारस अस्पतालमा डा. अहमदको आगमनसँगै बिरामीहरूले २४ सै घन्टा उच्चस्तरीय र बिशिष्ट सेवा लिन सक्नेछन्। अस्पतालले डा. अहमदको अनुभव र विशेषज्ञताले बिरामीहरूको स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउने विश्वास लिएको छ।

पारस अस्पताल सुगर, थाइराइड, ब्लडप्रेशर, किड्नी, न्युरो तथा हृदय रोगका बिरामीहरूका लागि अब एक प्रमुख गन्तव्य बन्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]