ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा राप्रपाबाट दिनेश थन्दार (दिवेश)

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर ०६, २०८१

विराटनगर/ यही आउँदो मङ्सिर १६ गते हुने उपनिर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट दिनेश थनदार दिवसले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

उनी राप्रपा नेपाल युवा संगठन विभाग ग्रामथानका अध्यक्ष पनि हुन्।

निर्वाचनको मुखमा एकाएक चर्चा आएका ३५ वर्षीय दिनेश थन्दार ग्रामथान वडा नं ५ , गिधनिया टोलका निवासी हुन्। युवामाझ लोकप्रिय रहेका उनी राम्रै भोट ल्याउने आङ्कलन गरिएको छ। अनि लामो समय रोजगारीका लागि विदेश बसेका थिए । एक वर्षअगाडि विदेशबाट आइसकेपछि आफ्नै व्यावसायिक रूपमा कागती खेती लगायत कृषि व्यवसायमा व्यस्त रहेका थिए । उनी समाजसेवी एवं कुनै बेला स्थानीय स्तरमा फुटबलमा चर्चा कमाएका स्वर्गीय बाबुराम थन्दारका छोरा हुन्।

उनका काका कदमलाल थन्दार विगत २०५४ सालको स्थानीय निर्वाचनमा राप्रपाबाट पूर्व तेतरिया गाविसमा अध्यक्ष पदमा जितेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]