नेपाल खेलकुद महासंघद्वारा प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना व्यक्त

Logo
ग्रामिण पत्रिका / विराटनगर प्रकाशित शुक्रबार, साउन ०४, २०८१

विराटनगर / नेपाल खेलकुद महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा महासंघले प्रधानमन्त्री ओली बधाई तथा सफल र सुखद कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

महासंघका अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेतले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना साथै ३०० दिन भित्र किर्तिपुरमा रहेको क्रिकेट रंगशालालाई फ्लड लाईट सहित अत्याधुनिक सुविधा सम्पन्न बनाउने निर्णय गर्नुभएकोमा धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो ।

महासंघले लामो समय देखी क्रिकेट रंगशालामा फ्लड लाईट जडान सहित सुविधा सम्पन्न बनाउनु पर्ने बारे सरकारलाई ध्यानाकर्षण गर्दै आएकोमा प्रधानमन्त्री ओलीले सो कार्यलाई सम्पन्न गर्न लिनुभएको पहलकदमीको स्वागत गर्दै महासंघले धन्यवाद व्यक्त गरेको बस्नेतले जानकारी दिनु भयो ।

बस्नेतले प्रधानमन्त्री ओलीको कार्यकालमा खेल क्षेत्र सहित समग्र राष्ट्रको विकास निर्माणमा नयाँ आयाम थपिने सहित ‘समृद्ध नेपाल सुखी नेपाली’को चाहना पूर्ण हुनेमा महासंघ विश्वस्त रहेको धारणा व्यक्त गर्नु भएको थियो ।

महासंघको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष बस्नेत सहित नेकपा एमाले स्थायी कमिटी सदस्य तथा खेलकुद महासंघ ईन्चार्ज कर्ण थापा लगायत खेलकुद महासंघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]