उर्लाबारीमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर ०६, २०८१

विराटनगर/ मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार अपराह्न मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार, अपराह्न ४:४५ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

मृतकको पहिचान

दुर्घटनामा मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का ३३ वर्षीय दीपक धिमाल र कानेपोखरी गाउँपालिका–४ रमाइलोका करिब २७/२८ वर्षीय किशोर गुरुङको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि क्रमशः उर्लाबारीस्थित अरनिको अस्पताल र मदन भण्डारी अस्पतालमा लगिएको थियो। तर, चिकित्सकले उनीहरूलाई अस्पताल पुर्‍याउनासाथ मृत घोषणा गरेका थिए।

घाइतेहरूको अवस्था

दुर्घटनामा परेर कानेपोखरी–४ का करिब २५/२६ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे–५ का ३७/३८ वर्षीय विष्णु धिमाल गम्भीर घाइते भएका छन्। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा रेफर गरिएको छ।

मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त

दुर्घटनामा परेका दुवै मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार, दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। उर्लाबारी क्षेत्रका सवारी दुर्घटनाहरू न्यूनीकरण गर्न सडक सुरक्षा मापदण्ड पालना गर्न प्रहरीले सबैलाई आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]