

विराटनगर / विराटनगरमा रहेको पारस अस्पतालले फेरी पनी एक गरिब बिपन्न बिरामीको नि :शुल्क उपचार गरि सबैको मन जित्न सफल भएको छ ।
सिरनहको मिर्चया नगरपालिकाकी ४५ वर्षिय गिता सरदारको नि शुल्क पाठेघरको सल्यक्रिया गरेको छ । चार महिना देखि उनको पाठेघरमा समस्याले रक्तस्राव भईरहेको थियो । स्थानिय जनप्रतिनिधि र स्थानियको साथ सहयोगमा उनलाई विराटनगर स्थित रहेको पारस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
जेनरल सर्जन डा. सफिउर रहमानको संयुक्त टोलीले उनको पाठेघर निकाल्न सफल भएको छ । अस्पतालकी नसिङ्ग इन्चार्ज सृजना यादवको अनुसार सरदारले बिभिन्न अस्पतालहरुमा उपचारका लागि गएको र अन्तिममा पारस अस्पताल आएको र उनको सफल उपचार पारसले गर्न सकेको बताईन् ।
आर्थिक अवस्था कमजोर भएको कारण उनलाई उनको उपचारमा समस्या भईरहेको हुदा यस अस्पतालले सरदारको निःशुल्क उपचार गराई दिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले जानकारी दिए । नि ःशुल्क उपचार पाए पछि सरदारले डाक्टर र अस्पताललाई धन्यवाद व्यक्त गरिन् । यस अस्पतालले लामो समय देखि गरिब बिपन्न विभिन्न सेवा सुविधाहरु पुर्याउदै आईरहेको छ ।