नेपालका चर्चित हास्यकलाकार महजोडीलाई ब्राण्डएबेस्डर हिमगिरी सोपले बनाएको

Logo
ग्रामिण पत्रिका / विराटनगर प्रकाशित शनिबार, साउन ०५, २०८१

विराटनगर / नेपालका चर्चित हास्यकलाकार महजोडीलाई ब्राण्डएबेस्डर हिमगिरी सोपले बनाएको छ । हिमगिरी सोप उधोगका सञ्चालक महेश जाजु–प्रकाश मुन्दडाले मोरङको हिमगिरी सोप उद्योगले मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई एक औपचारीक कार्यक्रमको आयोजना गरी एक वर्षका लागि ब्राण्डएबेस्डर बनाएको हो ।

३२ करोडभन्दा बढि रुपैयाँ लगानी रहेको हिमगिरी सोप उद्योगबाट टवाइलेट सोप, धोनी साबुन, डिटरजेन्ट पाउडर, स्याम्पु लगायत एक दर्जन भन्दा बढि सफाइका सामग्री उत्पादन भई रहेका छन् । अबको एक वर्षसम्मकालागी मदनकुष्ण श्रेष्ठ र हरिबंश आचार्यले हिमगिरी सोपबाट उत्पादन भईरहेको सामग्रीको प्रचार–प्रसार एवं प्रवर्द्धन गर्नेछन् ।

हिमगिरी सोप उद्योगका अध्यक्ष महेश जाजु र प्रबन्ध निर्देशक प्रकाश मुन्दडाले शनिबार विराटनगरमा आयोजना गरेको हिमगिरी उत्सव कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई ब्राण्डएबेस्डर सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]