राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चारजनालाई आज अदालत प्रस्तुत गरिँदै

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ०९, २०८१

विराटनगर/ जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित चारजनालाई आज अदालत लगिँदैछ। सहकारीको रकम अपचलन, सङ्गठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका उनीहरूलाई म्याद थपका लागि कास्की जिल्ला अदालत पेश गरिने भएको हो।

लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, र व्यवसायी रामबहादुर खनाल पनि प्रहरी अनुसन्धानका लागि अदालत लगिँदैछन्। यसअघि अदालतले कात्तिक ४ मा ५ दिन, कात्तिक ८ मा ७ दिन, कात्तिक २० मा १० दिन, र कात्तिक २५ मा १३ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

यसबीच, रवि लामिछानेलाई अनुसन्धानका लागि रुपन्देही समेत लगिएको थियो। बुटवलस्थित सुप्रिम सहकारीका २० करोडभन्दा बढीको बचत रकम हिनामिना मुद्दामा प्रहरीको टोलीले लामिछानेसँग चार दिनमा करिब २२ घण्टा बयान लिएको थियो।

उनीहरूमाथि सहकारीको रकम अपचलन र सङ्गठित अपराधका गम्भीर आरोप लागेका छन्। प्रहरी अनुसन्धानपछि थप प्रमाण जुटाउने प्रयास भइरहेको छ। अदालतमा म्याद थप भएपछि मुद्दाको कानुनी प्रक्रिया अघि बढ्ने बताइएको छ।

सम्बन्धित पक्षले उनीहरूमाथि लागेको आरोप अस्वीकार गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। अहिले देशभर यो मुद्दाले व्यापक चासोको विषय बनेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]