नेपाल खेलकुद महासंघ विराटनगरको प्रथम अधिवेशन सम्पन्न , अध्यक्षमा ताम्राकार

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित शनिबार, साउन ०५, २०८१

विराटनगर / नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । आज विराटनगरमा महासंघको महानगरपालिका कमिटीको प्रथम अधिवेशन जतिन ताम्राकारलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको हो ।

ताम्राकार अध्यक्ष निर्वाचित कमिटीको उपाध्यक्षमा उमेश कट्वाल र दिपा बस्नेत , सचिवमा विशाल बानियाँ , सहसचिवमा अर्चना ढुंगेल र सुनिल मगर र कोषाध्यक्षमा चाँदनी मिश्र लगायत सदस्यमा ३५ जना निर्वाचित हुनुभएको छ ।

महासंघको प्रथम महानगर कमिटीको अधिवेशनको उद्धाटन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेतले नेपाली खेलकुदलाई राष्ट्रको विकाससँग जोड्दै खेलकुद क्षेत्रको संरक्षण गरेमा क्षेत्रले प्रयाप्त रोजगारीको अवसर सिर्जना गर्ने बताउनु भएको थियो । बस्नेतले महासंघ ‘ एक कमिटी एक खेल गतिविधी ‘ , ‘ एक कमिटी एक रचानात्मक काम ‘ लगायत योजना साथ अघि बढेको बताउँदै महासंघले खेल क्षेत्रको विकास साथै समाजमा नेतृत्व विकास तथा व्यक्तित्व विकासमा समेत लागुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
बस्नेतले खेलाडी , प्रशिक्षकलाई आर्थिक विकासमा अवसर सिर्जना गर्नेसँगै महासंघमा आवद्ध खेलकर्मीहरूलाई प्राकृतिक विपद्को समयमा खट्न जिम्मेवारी समेत दिनुपर्ने माग सरकारसँग राखेको बताउनु भएको थियो ।

बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले किर्तिपुर स्थित क्रिकेट रंगशालाको स्तरोन्नति गर्ने तथा फल्ड लाईट जडान गर्ने निर्णयको स्वागत गर्दै महासंघले पहिले देखीनै पहलकदमी गर्दै आएको बिषयलाई ओली नेतृत्वको सरकारले सम्पन्न गर्ने निर्णय लिएकोमा धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।
महासंघको प्रथम विराटनगर महानगरपलिका कमिटी अधिवेशनमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य जीवन घिमिरे , एमाले जिल्ला अध्यक्ष बाबुराम कार्की , जिल्ला सचिव रविन थापा लगायत पार्टीका नेता तथा महासंघका केन्द्रीय नेताहरूले शुभकामना व्यक्त गर्नु भएको खेलकुद महासंघको स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश सह – इन्चार्ज रोहित कोइरालाले बताउनु भयो ।

कोइरालाले कोशी प्रदेशका नगरस्तरीय अधिवेशन सकिएसँगै महासंघले कोशी प्रदेशका १४ जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको जानकारी समेत दिनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]