एनपीएलको ट्रफी अनावरण, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर १०, २०८१

विराटनगर /  नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी आज विशेष समारोहबीच अनावरण गरिएको छ। प्रतियोगितामा सहभागी आठवटा टिमका मार्की खेलाडीहरूको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रफीको अनावरण गरे।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काका अनुसार, ट्रफीलाई विशिष्ट बनाउन सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा प्रयोग गरिएको छ। यसले ट्रफीलाई नेपालको पहिचान र गौरवसँग जोडेको खड्काले बताए।

एनपीएल नेपालमा क्रिकेट खेलको विकास र प्रतिभा पहिचानका लागि प्रमुख प्रतियोगिता हो। यसमा देशभरका उत्कृष्ट खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। अनावरण कार्यक्रममा सहभागी खेलाडीहरूले ट्रफी जित्नका लागि आफ्नो टोलीको प्रतिबद्धता व्यक्त गरेका छन्।

एनपीएल प्रतियोगिता चाँडै सुरु हुने बताइएको छ, जसले नेपाली क्रिकेटप्रेमीहरूलाई रोमाञ्चक खेलहरूको अनुभव दिनेछ। क्यानले यो प्रतियोगिता नेपाली क्रिकेटको विकासका लागि कोसेढुङ्गा हुने विश्वास लिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]