ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेसको चुनावी छलफल तथा अन्तरक्रिया कार्यक्रम

Logo
राजेश सरदार प्रकाशित सोमबार, मंसिर १०, २०८१

विराटनगर/ नेपाली कांग्रेस ग्रामथान गाउँपालिकाले चुनावी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । ग्रामथान गाउँपालिकाको तेतरियामा नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आथित्यमा उक्त कार्यक्रम भएको थियो।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व अर्थमन्त्री महेश आचार्य, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, केन्द्रीय सदस्य डिला संग्रौला, संविधानसभा सदस्य कविता सरदार, भोटनी देवी खवास, वीरेन्द्र माझी, प्रदेश सांसद अमृत अर्याल, मानबहादुर लिम्बु, नेपाली काङ्ग्रेस मोरङका सभापति डिगबहादुर लिम्बु, उपसभापति भक्तिनाथ माझी, क्षेत्रीय सभापति विनोद कुमार बस्नेत, बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृता गच्छदार लगायत को उपस्थिति रहेको थियो।

अध्यक्षका प्रत्याशी बलराम सरदार थारुलाई जिताउनको लागि गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा विभिन्न जिल्ला, पालिका क्षेत्रबाट १५०० भन्दा बढीको सङ्ख्यामा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस ग्रामथान गाउँपालिकाका सभापति तुलसी किरण विश्वासको सभापतित्वमा भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]