झापामा गाई काट्ने फरार अभियुक्त पक्राउ 

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर १२, २०८१

विराटनगर/ झापा कन्काई नगरपालिका-३ मा गाई चोरी गरी काट्ने कार्यमा संलग्न फरार अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ। घटना मिति २०८१।०८।११ गते राति कन्काई नगरपालिका-३ का लिला प्रसाद सिलवालको गोठमा बाँधिएको गाई हराएको खबर इलाका प्रहरी कार्यालय सुरुङ्गामा प्राप्त भएपछि प्रहरी टोली तत्कालै खटिएको थियो।

गाई खोजतलासका क्रममा उक्त गाई लिला सङ्ग्रौलाको डेरामा बस्ने चार जनाले चोरी गरी मासु प्रयोग गरेको पुष्टि भएको छ। फरार अभियुक्तहरूलाई तदारुकताका साथ खोजी गर्दा बुधन आलमलाई बाह्रदशी गाउँपालिका-४ बाट र कुरेसा खातुन, दिलवर हुसेन, तथा महिदा खातुनलाई भद्रपुर नगरपालिका-५ मेचिपुलबाट भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो।

पक्राउ परेका अभियुक्तहरू:

१. बुधन आलम (४६ वर्ष), बाह्रदशी गाउँपालिका-४।
२. कुरेसा खातुन (३९ वर्ष), बुधन आलमकी श्रीमती।
३. दिलवर हुसेन (२० वर्ष), भारतको किसनगञ्जका, हाल कन्काई नगरपालिका-३।
४. महिदा खातुन (१९ वर्ष), दिलवर हुसेनकी श्रीमती।

पक्राउ परेका अभियुक्तहरूमाथि पशुपक्षीसम्बन्धी ऐन (गाई गोरु मार्न नहुने) अन्तर्गत झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

यस घटनाले गाई चोरी तथा हत्या जस्ता गम्भीर अपराधप्रति झापामा सतर्कता बढेको देखिएको छ। प्रहरीले थप अनुसन्धान जारी राख्दै अपराधीहरूमाथि आवश्यक कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]