इण्डो -नेपाल रोलर स्कर्टिङ च्याम्पियन प्रतियोगितामा नेपालको जित।।

Logo
सरीता कर्मकार / विराटनगर प्रकाशित आइतबार, साउन ०६, २०८१

विराटनगर / विराटनगरमा शनिबार नवौं इण्डो–नेपाल रोलर स्केटिङ्ग च्याम्पियन प्रतियोगिताको आयोजना भएको छ ।

विराटनगर स्थित रहेको दिल्ली पब्लिक स्कुलमा भएको सो प्रतियोगितामा नेपाल र भारतका खेलाडीहरु सहभागिता भएका थिए । यस स्केटिङ्ग च्याम्पियन प्रतियोगितामा नेपालले ९ वटा गोल्ड , ५ वटा शिल्भर र ४ वटा व्राउन मेडल प्राप्त गरि जित हासिल गर्न सफल भएको छ । त्यसै गरि भारत तर्फ बाट ४ वडा गोल्ड , ३ वडा शिल्भर सहित १ वटा ब्राउन मेडल हासिल गरि दोस्रो स्थान पाउन सफल भएका थिए ।

प्रतियोगितामा भारतका १८ जना र नेपालका ६० जना खेलाडि सहभागि रहेको मोरङ जिल्ला स्केटिङ्ग एशोसिएसनका अध्यक्ष सुरज कामतले बताए। त्यसैगरि भारत तर्फ बाट खेलाडि सहित चारजना कोच, टिम म्यानेजर , अफिसियल गरेर ३५ जनाको टोली नेपाल आएका थिए ।
स्केटिङ्ग प्रतियोगितामा ५ वर्षदेखि २१ वर्ष उमेर समूहका खेलाडी सहभागि रहेका थिए ।

अध्यक्ष कामतका अनुसार तीन उत्कृष्ट खेलाडीलाई आगामी सेक्टेम्बर २०–२२ मा थाइलैण्डमा हुने प्रतियोगितामा अफिसियल सहभागी गराईने छ । प्रथम, द्धितिय र तृतियले अन्तराष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने अवसर एशोसिएशनकैतर्फबाट पाउनेछन् । यो प्रतियोगिता यस अगाडी समेत हुँदै आएको थियो । कार्यक्रममा प्रमुख कोशी प्रदेशका डि आई जि चन्द्र कुँवेर खापुङ रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]