नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर १५, २०८१

विराटनगर / नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो।

विराटनगरका लागि अनुभवी खेलाडी मार्टिन गप्टिलले अर्धशतक प्रहार गरे। उनले ४३ बलमा ५५ रन बनाउँदै ७ चौका र १ छक्का प्रहार गरे। अकिब इलियासले १८ बलमा १५ रन जोडे। अन्य ब्याटरले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। बसिर अहमद, अनिल खरेल, र कप्तान सन्दीप लामिछानेले समान ७–७ रन बनाए।

जनकपुर बोल्ट्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै विराटनगरलाई ठूलो स्कोर बनाउनबाट रोके। ललित राजवंशीले ४ ओभर बलिङ गर्दै २८ रन दिएर ३ विकेट लिएका थिए। हर्ष थाकेरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट हात पारे। किशोर महतोले पनि २ विकेट लिँदा बेन माइक र मोहम्मद मोहसिनले १–१ विकेट लिए।

अब जनकपुर बोल्ट्सले जितका लागि १२८ रनको लक्ष्य पछ्याउनेछ। खेल रोचक मोडतर्फ अगाडि बढ्दै गर्दा दुवै टोलीले उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]