नेपाल प्रिमियर लिग (एनपीएल): जनकपुर बोल्ट्सको विजयी सुरुवात

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर १५, २०८१

विराटनगर/ शनिबार सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा सम्पन्न उद्घाटन खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १२८ रनको लक्ष्य दिएको थियो। विराटनगरका लागि कप्तानको नेतृत्वमा सामान्य प्रदर्शन देखिएको भए पनि टोलीले अपेक्षित रन बनाउन सकेन।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले सानदार प्रदर्शन गर्दै मात्र १५.३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। जनकपुरका ब्याट्सम्यानहरूले आक्रामक र योजनाबद्ध खेल प्रदर्शन गर्दै टोलीलाई सहज जित दिलाए।

उद्घाटन खेलमा प्राप्त जितले जनकपुर बोल्ट्सको मनोबल उच्च बनाएको छ भने प्रतियोगितामा थप रोमाञ्चकता थपिएको छ। आगामी खेलहरूमा दुवै टोलीको प्रदर्शनमा ध्यान दिनुपर्ने देखिन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]