नेपालको चर्चित हास्य कलाकार हरिवंश आचार्य विराटनगर अस्पताल भर्ना

Logo
ग्रामिण पत्रिका / विराटनगर प्रकाशित आइतबार, साउन ०६, २०८१

विराटनगर / नेपालको चर्चित हास्य कलाकार हरिवंश आचार्य विराटनगर अस्पताल भर्ना भएका छन् । हिमगिरी हाइजिङ्गको ब्राण्ड एम्बेस्डरको कार्यक्रममा आउनुभएका हास्य कलाकार आचार्यको नाकबाट रगत बगेपछि विराटनगर अस्पतालमा उपचारका लागि भर्ना भएका हुन् ।
विराटनगरको हिमगिरी हाइजिङको ब्राण्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी मदनकृष्ण श्रेष्ठ र आचार्य हिजो शनिबार विराटनगर आएका थिए ।

हिजो विराटनगरमै बसेका आचार्य आइतबार बिहान काठमाडौँ फर्कन लागेका थिए ।

आचार्यको अवस्था सामान्य भइसकेको हिमगिरी हाइजिङका डाइरेक्टर प्रकाश मुन्दडाले बताए ।

नेपाली जनता तथा सुभेच्छुक नेपालीहरुको भिड लागेको छ । र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए । उनको अवस्था सामान्य रहेको आफूले पाएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]